शुक्रबार, फागुन २९, २०८२

राज्य व्यवस्था समितिको सभापतिमा दिलेन्द्र बडूलाई बनाउन नेपालीको तयारी

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो ।
कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

शीर्ष पाँच नेताको बैठक दिउँसो बस्नेगरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ ।
राज्य व्यवस्था समिति सभापतिको लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि सभापति देउवा शीर्ष नेताको बैठक आकस्मिक बोलाएका हुन् । समितिको सभापतिका लागि आकांक्षी चार सांसदमध्येबाट बडूलाई अघि सार्न लागिएको स्रोतले बताएको छ । अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानी पनि आकांक्षी छन् ।
राज्य व्यवस्था समितिमा रहेका कांग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ ।