बुधबार, बैशाख १२, २०८१

एमालेलाई हराउन सत्तापक्षको केन्द्रदेखि तालमेल गर्न उर्दी

काठमाडौं,१६ साउन । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्ने सहमति भएको छ । प्रदेश नम्बर २ को चुनावमा समेत तालमेल गरेर अघि बढ्न दुवै दल सहमत भएका छन् ।

कांग्रेसले चुनावी तालमेलका लागि गठन गरेको वार्ता समिति र माओवादी नेताहरुबीच चरणबद्ध रुपमा छलफलपछि जिल्ला समन्वय समितिमा कसैको बहुमत नभएका जिल्लामा दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

जिल्ला समन्वय समिति गठनमा एमालेले आफ्नो बहुमत नभएका जिल्लामा माओवादी लगायतका साना दलहरुसँग स्थानीय स्तरमै तालमेल गरेर धमाधम नेतृत्व लिन थालेपछि कांग्रेसले केन्द्रीयस्तरमै माओवादीसँग सहमति गरेको हो ।

 

तालमेलको सहमति गर्ने वार्ता टोलीमा कांग्रेसबाट बिमलेन्द्र निधी, रमेश लेखक र महेश आचार्य सदस्य छन् भने माओवादीबाट कृष्णवहादुर महरा र वर्षमान पुन छन् ।