बुधबार, साउन ०१, २०८२

अनेरास्ववियुको अध्यक्षमा कडरिया र पौडेल प्यानल बनाएर मैदानमा

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा आज बिहान ८ बजेबाट मतदान हुँदैछ । अनेरास्ववियुमा मंगलबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । यद्यपि मतदान सरेर आज बिहानबाट मात्रै हुने भएको हो । बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ ।

यसैबीच उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको हो । अनेरास्ववियुको अध्यक्ष पदमा डा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।