मङ्गलबार, असार १०, २०८२

दुई दिवशिय बौद्ध ध्यान र शिक्षण सत्र कार्यक्रम बौद्धमा शुरु

५६९ औं बुद्ध जयन्तीको अवसरमा दुई दिवशिय बौद्ध ध्यान र शिक्षण सत्र कार्यक्रम बौद्धमा आज बाट शुरु भएको छ ।

श्री टुसाल युवा क्लवको आयोजना तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा बौद्ध स्थित कुशल बैँकवेटमा शुरु भएको हो । श्री टुसाल युवा क्लवका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छयोमे बाली उद्धघाटन गरेका थिए ।

दुइ दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपाल प्रहरी र खेलाडीहरुको सहभागिता रहेको सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले ध्यानले स्मरणशक्ति बलियो बन्नुको साथै तनावलाई सहज रुपमा सामना गर्न सिकाउने बताए ।

उनले खेलाडी र प्रहरीहरुको कार्य क्षेत्रमा आई पर्ने तनावलाई सहज रुपमा सामना गर्न मनोवल आत्मविश्वास बढाउन पनि बौद्ध ध्यान शिक्षण सत्र कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

धर्म गुरु रेन्पोछे से नाम्खाले प्रशिक्षण दौरान योगा अभ्यास, ध्यान विधि, बुद्ध प्रवचन दिएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ ,पशुपती खतिवडा (श्याम) रग्वा शेर्पा लगायत आयोजक सस्थाका पदाधीकारीहरु रहेको कार्यक्रम संचालन गोपाल घिमिरेले गरेका थिए ।