शुक्रबार, असार २७, २०८२

गाेधुली कला साहित्य प्रतिष्ठानद्वारा स्रष्टा अभिनन्दन,सम्मान तथा पुरस्कार वितरण हुंदै

काठमाडौं । गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने सम्मान, अभिनन्दन तथा पुरस्कारका लागि विभिन्न विधाका स्रष्ठाहरू छनौट गरेको छ ।

भाेलि शुक्रबार दिउँसो १२ बजेर ४५ मिनेटमा नेपाल प्रज्ञा प्रतिष्ठान (पारिजात प्रवचन कक्ष) मा हुने उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा उक्त पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष प्रकास समिरले जानकारी दिनुभयाे ।

अभिनन्दन
१) गोधूली वाङ्मय शिखर अभिनन्दन  : होमनाथ सुवेदी वरिष्ठ साहित्यकार, संस्थापक अनेसास

सम्मान:पुरस्कार
१. गोधूलि सत्यमोहन संस्कृति सम्मान : पल्बीर जुग्जाली साहित्यकार
२. गोधूलि काव्यश्री सम्मान : लक्ष्मी माली वरिष्ठ कवि
३. गोधूलि अरनिको कला सम्मान : भुवन थापा ‘बहुबी’ वरिष्ठ मुर्तिकार
४. अरनिको अभियान राष्ट्रिय पुरस्कार : डा. सागर न्यौपाने अरनिको अभियन्ता
५. गोधूलि सिर्जना सम्मान : अणुराज जोशी अनुवादक
६. गोधूलि समाजसेवा सम्मान : केशव सुनार, समाजसेवी
७. गोधूलि कला संस्कृति संरक्षण सम्मान : राम भण्डारी, लोकसंस्कृति संरक्षक
८. गोधूलि साहित्य जागरण सम्मान : अज्ञात युवक (लवप्रसाद भण्डारी), साहित्यकार
९. गोधूलि कला–साहित्य सेवा सम्मान  : अर्जुन सदाशंकर, समाजसेवी
१०.गोधूलि युवा सिर्जनशील सम्मान : रश्मी रोदन गजलकार
११. गोधूलि युवा चित्रकला सम्मान : अर्पिता पराजुली, कलाकार
१२. गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार : संगम बि.के., बालप्रतिभा