काठमाडौं । प्रहरीले अवैधरुपमा वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले १७ अर्ब, ८६ करोड, ७० लाख, ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार गरेको खुलेको ब्युरोले जनाएको छ । उनीहरुले रेमिट्यान्सबापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरेको देखिएको ब्युरोले जनाएको छ ।