शुक्रबार, असार २७, २०८२

नेपाल युथ स्पोर्ट्स क्लब जापानद्वारा ददीवल खड्का र नवीन गुरुङलाई सम्मान

जापान । नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापानले खेलकुद तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने दुई ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

दोस्रो N.Y.S.C. कप पुरुष भलिबल प्रतियोगिताको अवसरमा सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको अध्यक्ष बसन्त थापाले जानकारी दिए । जापानमा भलिबल खेललाई संरक्षण र संवर्द्धनका निम्ती योगदान पुर्‍याएको भन्दै मोना आइसिसीका अध्यक्ष ददिवल खड्का र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङलाई सम्मान गरिएको अध्यक्ष थापाले बताए।

“खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ स्थापित नेपाल युथ स्पोर्ट्स क्लब (NYSC) जापानले दोस्रो N.Y.S.C. कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । पछिल्लो समय जापानमा भलिबल खेल खेल्ने खेलाडीको सङ्ख्यात्मत रुपमा अत्यधिक वृद्धि हुदापनि प्रतियोगिताहरु सोचे अनुसारको प्रतिस्पर्धा हुन नसकेको अवस्थाको मध्यनजर गर्दै ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरीएको कार्यक्रम संयोजक केशव सुवेदीले जानकारी दिए।

नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना भएको थियो ।