विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका थिए भने आज पनि प्रदर्शन गरिरहेका छन् ।
राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।