आइतबार, असार २९, २०८२

रास्वपाका सभापति रवि लामिछाने घण्टी बजाएर पार्टी राजनीतिमा फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । लामिछाने पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका छन् ।
पार्टी कार्यालय पुगेसँगै उनले घण्टी बजाएर अभिवादन गर्दै ५ महिनापछि राजनीतिमा फर्किएका हुन ।
सहकारी ठगी प्रकरणमा मुछिएसँगै उनी पार्टी गतिविधिबाट बाहिर थिए । अहिले पनि मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी पार्टी राजनीतिमा फर्किएका हुन् ।
लामिछानेले गठबन्धन सरकारविरुद्ध कडा अभिव्यक्ति दिए ।

चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक गतिविधि रोक्न सरकार असफल भएको रविको आरोप थियो ।

रविले पार्टी जिम्मेवारीमा फर्किने आफ्नो चाहना नभए पनि आफूले देखाएको नैतिकताले सरकारले देखाएको प्रतिशोध अनुमोदन हुने भएकाले फर्किएको जिकिर गरे ।