मङ्गलबार, असार १०, २०८२

हिंसात्मक घटनाको आयोजकले जिम्मेवारी लिनुपर्छ : गृह मन्त्रालय

काठमाडौं । सरकारले राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने बताएको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गरी गृह मन्त्रालयका सहसचिव छवि रिजालले घटनाको जिम्मेवारी प्रसाईंले लिनुपर्ने बताएका हुन् ।

उनले सरकारले आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने पनि बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईंको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।