काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं १ धार्नेमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जगाते (धार्ने(खवासे खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरेका छन् ।
नेवा खानेपानी संस्था र गाउँपालिकाको साझेदारी निर्माण भएको सो वडामा ६५ घरधुरीका लागि ‘एक घर एक धारा’ अध्यक्ष थिङले उद्घाटन गरेका हु्न । उद्घाटन समारोहमा अध्यक्ष थिङले योजना सञ्चालनका उद्देश्य र यसको महत्वबारे प्रकाश पार्दै स्थानीय जनतालाई यसबाट हुने फाइदाबारे बताए । खानेपानी तथा सरसफाइ योजना स्वास्थ्य र जीवनस्तर सुधारमा ठूलो योगदान पुग्ने उनले बताए ।
खानेपानी बितरण खानीखोलाको अभियान भएकोले गाउँपालिकाले उपयुक्त खानेपानीको मुहान अनुरुप बस्ती टोल टोलमा पुर्याई आवश्यक काम सम्पन्न गरि खानेपानी संंन्चालन ल्याई वितरण गर्दै आएको अध्यक्ष थिङ्ले जानकारी दिए । यो खानेपानी आयोजनले स्थानीय तह गाउँ बस्तिका लागि अति आवश्यक र यो खानेपानी संन्चालन भए पछि स्थानीय जनतालाई पानीको आवश्यक नपर्ने र पानी आवश्यक अनुसार संन्चालनमा ल्याई यस खानेपानीलाई निरन्तरता दिदै पुर्ण दिगोपनसंगै लाभ लिने अध्यक्ष थिङ्ले बिश्वास व्यक्त गरे ।
जनताको माग र आवश्यकता आफ्नो प्रतिबद्धता पूरा गर्ने समुदायको टोल बस्तीमा खानेपानी, शिक्षा , स्वास्थ्य , यातायात लगाएत पुर्ण आयोजनहरुको निर्वाचित भए पश्चात् सफलता पाएको उनको भनाई थियो । यस योजनाले धार्ने र खवासे क्षेत्रका ६५ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याउनेछ, जसमा पानीको सुविधा र सरसफाइको पूर्वाधार सुनिश्चित गरिनेछ।
योजना अन्तर्गत प्रत्येक घरमा एक धाराको व्यवस्थापन गरिनेछ, जसले गर्दा स्थानियहरूको दैनिक जीवनमा सहजता आउनेछ। साथै, यस योजनाले स्वास्थ्यका समस्या कम गर्ने र पानीको उचित प्रयोगमा सुधार ल्याउने अपेक्षा गरिएको छ।समारोहमा उपाध्यक्ष, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, ग्रामीण समुदायका सदस्यहरू र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।