शुक्रबार, फागुन ०१, २०८२

कुलमान बर्खास्तिको विरोध : जनप्रगतिशील मञ्च जापानले निकाल्यो विज्ञप्ति

जापान । नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रबन्धक निर्देशक कुलमान घिसिंगलाइ कार्यकाल सकिनु अगावै गरिएको अपमानजनक बर्खास्तिको बिरोध गरेको छ।

मन्चले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमान बर्खास्तिको बिरोध गरेको हो । दिनको १८ देखि २० घण्टा सम्म लोडसेडींगको मार खेपिरहेको नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत नेपालको अध्यारो युगको अन्त्य गर्दै उज्यालो युगमा प्रवेश गराउने उज्यालो युगका नायक विद्युत प्राधिकरणको कार्यकारी प्रबन्धक निर्देशक कुलमान घिसिंगलाइ कार्यकाल सकिनु अगावै गरिएको अपमानजनक बर्खास्तको नेपाली जनप्रगतिशील मंच जापान घोर निन्दा सहित भर्त्सना गर्दछ विज्ञप्तिमा भनिएको छ।

जनताको हजारौ जनगुनासा र असन्तुष्टीहरुलाई सम्वोधन गर्न छाडेर घाटामा रहेको प्राधिकरणलाइ १२ अर्ब नाफामा लैजाने, ब्यापारीहरु बाट प्राधिकरणको अर्को बाँकी बक्यौता रकम उठाउन प्रतिबद्ध, नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने देश भक्त, कर्मठ राष्ट्रसेवक घिसिंग माथि गरिएको अन्न्यायापूर्ण निर्णयले यो सरकार जनताको नभएर विचौलियाको सरकार भएको भन्दै मन्चले बिरोध जनाएको छ ।

साथै मन्चले समाजवादी मोर्चाको आव्हानमा यहि चैत्र १५ गते भष्टचार र बेतिथिको विरुद्ध गणतन्त्र को पक्षमा काठमाडौँमा हुन गईरहेकोले बिशाल जनपर्दशनमा सहभागी हुन आव्हान समेत गरेको मन्चका प्रबक्ता जिपी लामिछानेले जानकारी दिए ।