मङ्गलबार, चैत ११, २०८१

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए ।

आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् । त्यस्तै बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया