रामेछाप । रामेछापमा कार्य सम्पादन मूल्याङ्कनको आधारमा मन्थली नगरपालिका जिल्लामा पहिलो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका पहिलो बनेको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.०७ अङ्क प्राप्त गरेको छ । रामेछाप नगरपालिका ६९.०९ अङ्क प्राप्त गरी दोस्रो र सुनापति गाउँपालिका ६४.०७ अङ्क प्राप्त गर्दै तेस्रो बनेको छ ।
उमाकुण्ड गाउँपालिकाले ६२ अङ्क प्राप्त गरी चौथो बन्दा लिखुतामाकोशी गाउँपालिका ५८.०१ अङ्क प्राप्त गरी पाँचौँ बनेको छ ।
त्यसै गरी गोकुलगंगा गाउँपालिका ५७.०३ अङ्क प्राप्त गरी छैटौँ, दोरम्बा शैलुङ्ग गाउँपालिका ५४.०२ अङ्क प्राप्त गरी सातौँ र खाँडादेवी गाउँपालिका ४१.१ अङ्क प्राप्त गर्दै अन्तिम आठमा परेको छ ।
कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०८०÷०८१ को गरिएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।