बुधबार, माघ ३०, २०८१

इजरायली राष्ट्रपति र नेपाली राजदूत पण्डितबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।

मंगलबार राजदूत पण्डितले इजरायली राष्ट्रपति हर्जोगसँग टेलिफोनमा कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया