जापान । नेसपा(नयाँ शक्ति) प्रवास प्रदेश समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ती) का संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता तथा अध्यक्ष धन गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बिशेष अतिथि प्रवास समिति उत्प्रेरक दुर्गा सोव,
संगठन विभाग प्रमुख सोनाम सिङ स्याङ्तान
युवा नेता जि. यस. गुरुङ, समाजवादी युवा संगठन का इन्चार्ज सन्देश कार्की, समाजवादी किसान महासंघका संयोजक तेज श्रेष्ठको उपस्थिती रहेको थियो ।
बन्दशत्रमा राम घलेको संयोजकत्वमा जनक पाण्डे र कमला नेपाल सदस्य रहेको निर्वाचन समिति मार्फत निर्वाचन प्रकृया सम्पन्न भएको थियो । कार्यक्रम भौतिक तथा भर्चुअल माध्यमबाट भएको थियो ।
प्रबास प्रदेश समिति पदाधिकारी :-
अध्यक्ष – निर्मल कुमार स्याङ्तान (कुवेत )
उपाध्यक्ष – शकुन्तला गुरुङ (बेलायत)
उपाध्यक्ष – धन बहादुर बि.क.(जापान)
उपाध्यक्ष – सुमन खरेल (अष्ट्रेलिया)
सचिव – बुधवल गुरुङ (कतार)
सह सचिव – प्रकाश के.सी. (जापान)
सह सचिव – बिपिन राई (मलेशिया)
सह सचिव – मिन बहादुर चलाउने (क्रोशिया)
कोषाध्यक्ष – भरत डाँगी (अमेरीका)

