मङ्गलबार, असार १०, २०८२

हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुखले घिमिरेले हिउँदे अधिवेशन, विचाराधीन विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।

छलफलमा सभामुख घिमिरेले संसद अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि सचेतकहरुलाई आग्रह गरे । पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।