बुधबार, साउन ०१, २०८२

गुरुङ समाज जापानद्वारा आयोजीत तमु ल्होसार सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न

टोकियो । गुरुङ समाज जापानले आयोजना गरेको पहिलो तमु ल्होसार सांस्कृतिक साँझ टोकियोको भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली राष्ट्रिय गान र तमु राष्ट्रीय गानबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। मन्जु, कृष्टि र रेजिना गुरुङको मनमोहक स्वागत नृत्यले कार्यक्रमको शुभारम्भ गरेको थियो।

गुरुङ समाज जापानमा अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा हवल चन्द्र लामा (पाल आदिवासी जनजाति महासंघ नेफिन जापान)विशेष अतिथिहरूमा हरिहर कान्त पौडेल (नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख), रोविन शेरचन (उपाध्यक्ष, NRNA ICC), सुभास लामिछाने (उपाध्यक्ष, NRNA जापान), अनिता गुरुङ(महिला संयोजक,NRNA ICC एसिया प्यासेफिक), नेपालबाट आमन्त्रित अतिथि पच्यु चिवा हस्त बहादुर गुरुङ, वुद्धि लक्ष्मी गुरुङ(पहिलो मिस तमुस्यो), र अतिथिको रुपमा गुरुङ समाज जापानका संरक्षक र सल्लहकारहरु जापानका कृयाशिल बिभिन्न एकल जातिय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरु रहनु भएको थियो ।

उपनियोग प्रमुख पौडेलले नेपाली कला संस्कृतिको प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने बताउँदै आयोजक समितिलाई धन्यवाद दिएका थिए।

अनौपचारिक कार्यक्रममा विभिन्न कलाकारहरूले आकर्षक प्रस्तुतिहरू दिएका थिए। ‘क्रमु न्होरलेु गीतमा प्रिती, पिया, सुरज र युकेशले नृत्य प्रस्तुत गरेका थिए भने जानभी गुरुङ समूहले पनि आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

यसैगरी, ‘ङोल्स्यो राम्र्हानीु नृत्य, ‘बन न्होरीु नृत्य, ‘आयादो ठागुु नृत्य जस्ता विभिन्न सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई झनै रमाइलो बनाएका थिए। कुमार गुरुङ, बाला दुरा, काजल गुरुङ लगायतका कलाकारहरूले आफ्नो स्वरको जादुले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको अन्त्यमा कलाकारहरूको समूहले लाइभ दोहोरी प्रस्तुत गरेर कार्यक्रमलाई झनै रमाइलो बनाएका थिए। कौशल गुरुङले यस सांस्कृतिक कार्यक्रमको नेतृत्व गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने कलाकार तथा व्यक्तित्वहरूलाई प्रमुख अतिथि र सभापतिद्वारा सम्मान समेत गरिएको थियो । नेपालबाट विशेष रूपमा आमन्त्रित गोविन गुरुङ र काजल गुरुङलाई मायाको चिनो दिएर सम्मान गरिनेछ। यसैगरी, पच्यु चिवा हस्त बहादुर गुरुङ, आफ्नै न्युज डट कमका प्रधान सम्पादक फुर्वा शेर्पा र प्रथम मिस तमुस्यो नेपाल बुद्धि लक्ष्मी गुरुङलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव मोती गुरुङले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सहजीकरण प्रकाश गुरुङ र पुनम गुरुङले गर्नुभएको थियो। गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न यस कार्यक्रमले जापानमा बसोबास गर्ने गुरुङ समुदायको सांस्कृतिक एकतालाई थप प्रगाढ बनाएको छ।