मङ्गलबार, असार १०, २०८२

पुन मगर समाजको अध्यक्षमा खमबहादुर र महासचिवमा प्रतिमाया निर्वाचित

पोखरा । नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाजको दोस्रो ९चौथो संशोधित० राष्ट्रिय महाधिवेशनबाट गर्बुजा मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

यही मंसिर २९ र ३० गते पोखरामा सम्पन्न भएको नेपाल पुन मगर समाजको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महासचिवमा प्रतिमाया पुन मगर ९थजाली०, सचिवमा हेमकुमारी गर्बुजा पुन मगर र कोषाध्यक्षमा दलबहादुर पुन मगर सर्वसम्मत निर्वाचित भए ।

यस्तै, सदस्यहरूमा देउकुमारी गर्बुजा पुनमगर, दलबहादुर पुनमगर, देउबहादुर चोचाङ्गी पुनमगर,कृष्ण गर्बुजा पुनमगर, आशीष पुनमगर, देव चोचाङ्गी पुनमगर, कुमारबहादुर पुनमगर, जगबहादुर पुनमगर, दीपक पुनमगर, टेकबहादुर पुनमगर, गोविन्द पुन मगर, देवबहादुर पुनमगर, खगेन्द्रमान पुनमगर, यामकुमार पुनमगर, माया पुनमगर, बलबहादुर पुनमगर, भीमबहादुर पुनमगर, कल्पना पुर्जा पुनमगर, यामकुमारी खोरजा पुनमगर, तुलबहादुर पुर्जा पुनमगर, डिलदेवी पुर्जा पुनमगर, निरज पुनमगर, देव गर्बुजा पुनमगर, कुम पुनमगर, तुलबहादुर तिलिजा पुनमगर र टेकबहादुर पहरे पुनमगर निर्वाचित भए ।

यसैबीच, नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशनले ६ बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमानेपाल पुन मगर समाज, केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले ६ बुँदे घोषणापत्र जारी गरिएको जानकारी दिए ।