बुधबार, साउन ०१, २०८२

मधेशमा न्यायाधीश र कानुन व्यवसायीको भूमिका महत्वपूर्ण छ :प्रा.डा. मिश्र

मधेश विश्वविद्यालयको सभागृहमा न्यायमा बाह्य पहुँच(Judicial Out Reach) कार्यक्रम अन्तर्गत Meet the Judges कार्यक्रम मार्फत् न्यायालयको कार्यक्षेत्र, अवस्था, प्रक्रिया, अभ्यास तथा गरिमामाथि छलफल गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका डीन प्रा.डा.अञ्जय कुमार मिश्रले कानुनमा मधेशको पहुँच तथा मधेशले गरेको योगदानमाथि प्रकाश पार्दै न्यायमुर्ति, कानुन व्यवसायिको भुमिकालाई प्रष्ट पारेका थिए । कार्यक्रमको मुख्य प्रस्तुति अस्थायि इजलास वीरगंजका उपरजिष्ट्रार शम्मी कपुर शाहले गर्दै न्यायालयको कार्यक्षेत्र, प्रक्रिया तथा तटस्थतालाई उजागर गरि विद्यार्थी तथा सहभागि सबैलाई जानकारी दिए ।

कार्यक्रममा सहभागि विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रश्न–उत्तरको माध्यमबाट राजनैतिक बेथिति देखि कानुनी शासनको अनुभुती एवं न्यायालयको चुनौतिमाथि प्रष्ट हुने मौका पाएको थियो । माननीय न्यायाधीश श्री हरि प्रसाद पौडेल ज्यूले पहिलो राउण्डको प्रश्नलाई विद्यार्थीको भविष्य न्यायप्रतिको दायित्वसहित प्रष्ट गरि गौरवान्वित बनाउनु भएको छ । साथै, उच्च अदालत वीरगंजका रजिष्ट्रार दिपक भण्डारीेले विश्वविद्यालय र उच्च अदालतबीचमा सामञ्जस्यता गरि विद्यार्थीलाई कानुनको अभ्यासको लागि इन्टर्नशिपसमेतमा सहयोग तथा आगामिदिनमा विशेष Lecture कक्षामा समेत Code of Conduct ले मिलेअनुसार Court Visit को क्रममा गराउने प्रतिबद्धता व्यक्त गरे ।

न्यायाधीश राजनप्रसाद भट्टराईले सबै प्रश्नमाथि आफ्नो लामो अनुभव तथा जिम्मेवारीसहित विद्यार्थीको भविष्य उन्नवल बनाउन सकारात्मक सोचको अनुभुति गराई विश्वविद्यालयलाई गरिमामय उपस्थितिबाट उदाहरणिय काम प्रस्तुत गरेका थिए । मधेश विश्वविद्यालयका उप–कुलपति प्रा.डा.दिपक बहादुर शाक्यले आफ्नो विद्यार्थीलाई व्यक्तिगत आचरण, कृति प्रकाशन, विषयगत ज्ञान, कानुन न्यायक्षेत्रमा योगदान पु¥याउन उत्साहित, विशिष्टकृत ज्ञान र अनुभव, व्यावसायिक दक्षता, क्षमता र क्रियाशिलता, सार्वजनिक सरोकारको विषयमा न्याय निरुपणका लागि तयार पार्नेृ, प्रो–वोनो मेलमिलाप, वातावरण संरक्षण संलग्नता, व्यवसाय र न्यायप्रतिको निष्ठासमेत विद्यार्थीहरुलाई अवगत गराउन डीनको नेतृत्वमा आफ्नो शिक्षक, कर्मचारी लागि परेको अवगत गराए । जसले यस विश्वविद्यालयले असल व्यक्ति एवं व्यवसायी निर्माण गर्नुमा ढुक्क भएको विश्वास दिलाए ।

उनले उच्च अदालतले आफुप्रति देखाएको सदभावलाई कदर गर्दै धन्यवादसहित भविष्यमा आफ्नो कानुनको सिकाइलाई सबल बनाउन मार्गदर्शन गरिदिन अनुरोधसमेत गर्दै कार्यक्रम अन्त गरे । उक्त कार्यक्रममा उच्च अदालत वीरगंज, मधेश विश्वविद्यालयका रजिष्ट्रा विजय कुमार यादव , प्राध्यापकहरु, कर्मचारीवर्ग, बि.ए.एल.एल.बि. प्रथम सेमेस्टरका विद्यार्थीहरु समेतको उपस्थिति थियो ।