बिहिबार, मङि्सर २०, २०८१

नेपालीहरुको लगानीमा टोकियोमा इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने

टोकियो । नेपालीहरुको सामूहिक लगानीमा टोकियोको खामीनाखाजातोमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने भएको छ ।
जापानमा बसोबास गर्ने ७० जना नेपालीको करिब १० करोड येन लगानीमा एसियन ब्रिज इन्टरनेसनल स्कुल सञ्चालनमा आउन लागेको हो ।

विद्यालयको संचालन समितिले आईतबार बेम्बो छें सिनओकुवोम पत्रकार भेटघाट गरि जानकारी दिएको छ । स्कुलले सन् २०२५ को अप्रिल महिनाबाट कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले भर्ना खुला गरेको छ।

जापानी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा पद्धतिलाई अवलम्बन गरी क्षमतावान जनशक्ति तयार गर्ने लक्ष्य राखिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली अधिवक्ता डा। बलराम श्रेष्ठले जानकारी दिनुभयो। भविष्यमा कलेज सञ्चालन गरी विभिन्न रोजगार भिषामा आउने नेपालीहरूको समस्यालाई मध्यनजर गरी यूनिभर्सिटीसम्मको शिक्षा प्रदान गर्ने योजना रहेको बताउनुनुभयो।

एनआरएन जापानका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि नवीन निउरेले जापानमा पवित्र उद्देश्यका साथ पाँचौँ नेपाली विद्यालय स्थापना हुन सफल भएकोमा बधाइ दिँदै नेपाली समुदायमात्र केन्द्रित नभई फराकिलो ढंगबाट अघि बढ्न सुझाव दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष हवल चन्द्र लामाले गुणस्तरिय शिक्षामा जोड दिन आग्रह दिदै शुभकामना दिनु भएको थियो ।

टोकियोको किताकु स्थित खामीनाखाजातोमा खोलिने स्कुलमा टोकियो तथा साईतामा प्रिफेक्चरमा बसोवास गर्ने बालबालिकाहरु समेतलाई आवातरजावत गर्न सहज हुने अभिभावक तथा बिध्यार्थीहरुले अपेक्षा गरिएको छ ।

विद्यालयका शैक्षिक निर्देशक दुर्गा पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, चरित्र विकास र व्यक्तिगत समर्थनमा ध्यान केन्द्रित गर्दै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न सशक्त बनाउने बताउनुभयो।

प्ले ग्रुपदेखि ग्रेड ४ सम्मका कक्षा सञ्चालन हुने उक्त स्कुलमा नेपाली, अंग्रेजी, जापानिज लगायत एशियन मूलका अन्य भाषाबाट अध्यापन गराउने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *