शुक्रबार, बैशाख ०५, २०८२

परदेशीको पत्र : आमा अर्को दशैंमा आउँछु है

✍️प्रकाश बुढाथोकी
-दैनिकी सधैको एउटै थियो।काम,विद्यालय,कोठामा प्राय: दिन यसरी नै बित्थे।आज बिदा थियो नजिकैको पार्कमा बसेँ। आकाश तिर नज़र लगाएँ खुलेको नीलो आकाश थियो।यो दृश्य देखेर मन फुरूङ्ग भयो एक्लै भए पनि आहा! भन्दै मुसुक्क मुस्कुराए ।चिरिक्क पोल्ने घाम भए पनि बाहिरै बसौ बसौ लाग्ने रमाईलो वातावरण थियो ।
यो बर्ष पनि बडादशै नजिकै आइसकेको थियो । घर जाने साथीहरू कोही गैसकेका थिए। कोही किननेलमा ब्यस्त थिए । त्यो नीलो आकाशमा देखिएको जहाजमा चढेर घर फर्कने दिन आफ्नो खै कहिले हो कहिले? तन परदेशमा भए पनि यो मन भने थामडॉडा,पालेवन,ढुंगेश्वर,पल्लोबारी तिरै घुमिरहन्थ्यो।बिहानै उठ्ने बितिक्कै देखिने मुसुक्क हॉसेको त्यो गौरीशंकर हिमालको दृश्य यो ऑखामा झलझली आइरहन्थ्यो । यहॉ त बर्षौ अघि आएका साथीहरूको कुरा सुन्दा पनि मन भक्कानिएर आउँथ्यो।
चितवनका सानीराज दाई,रामेछापकी मनिता दिदी आफ्नो बुवा बित्दा पनि घर जान पाउँनु भएनरे त्यस्तै काठमाण्डौका शुसिल दाई बुवा बितेको तीन बर्ष पछि मात्र घर गएको भन्नुहुन्थ्यो ।करिब पॉच महिना अघि मात्र जापान आएकी दोरम्बाकी कविता मगर बहिनीका आमा र भाई पहिरोले बगाएर अकालमै मृत्युवरण गर्न पुगे बिचरी ति बहिनीले कसरी यो चाडमा मन बुझाएकी होलिन त्यस्तै रामेछापकै एक चेली गम्भीर रोग लागेर अस्पताल धाएकै धायै छिन् ।
यहॉ यस्ता भावबिह्वल,कारूणिक,दर्दनाक,पीड़ाहरूको पोको धेरै हुने रहेछन। यो परदेशमा आउँने भन्दा पनि यहॉ बाट घर फर्कन मुस्किल रहेछ ।
बहत्तर सालको भुकम्पले घर चिराफारा बनायो ।सरकारले दिएको राहातले आधा पनि बन्दैनथ्यो।रृण खोजखाज पारेर तीन कोठे घर बनाएको थिएँ।सानै भए पनि जागिरले घर धानेकै थिएँ। अकस्मात बुवालाई प्राणघातक रोगले च्यापेर उपचार गर्ने खर्च समेत नभए पछि आफन्त,नातेदार,ईष्टमित्र सामु हात पसारे खासै सहयोग गर्ने वचन कसैले दिएनन् ।
सबैले आ-आफ्नो समस्या सुनाउँथे सायद उनीहरूको बाध्यता,बिवशता पनि होलान ।कतै केही उपाय नलागेपछी गैर्हीखेतको लालपुर्जा बाणिज्य बैकंमा राखेर रृण निकालेर बुवाको उपचार गर्न काठमाण्डौ लागेँ करिव दुई महिनाको अस्पताल बसाई भयो तर पनि बुवाको स्वास्थ्यमा खासै सुधार भएन स्वास्थ्य झनै बिग्रदै गएको थियो ।डाक्टरहरूले भने भगवान भरोसा हामी अब यहॉ भन्दा अरू केही गर्न सक्दैनौ ।
सम्भव भएका जति सबै प्रबिधी र बिधी प्रयोग गर्यौ माफ गर्नुहोस्।उहॉलाई मन लागेको कुरा खान दिनुहोस केही बार्नु पर्दैन।डाक्टरले यति भनिसकेपछि छॉगा बाट खसे जस्तै भएँ छाती पिटीपिटी भक्कानिएर रोएँ,कराएँ,चिच्यॉए सारा देवीदेवता पुकारेँ हारगुहार गरेँ मेरो चिच्याहाट, रोदन कसैले सुनेनन् ।निको बनाउन अस्पताल आएको म बुवालाई झनै कमजोर बनाएर घर फर्काउदै थिएँ यो मेरा लागी सार्है पीड़ादायक क्षण थियो ।
घर फर्केको एक हप्तामा बुवाले हामीलाई छाडेर संसार बाट बिदा हुनुभयो ।दिउँसै सूर्य अस्ताए झै भयो चारैतिर अध्यॉरो भयो रोएँ रुदॉरूदैँ ऑशु सबै रित्तिसकेका थिए ।
छिमेकीहरू सम्झाउँथे बुझाउँथे ।जे भयो भयो अब आफूले आफैलाई सम्हाल्नुको बिकल्प थिएन ।सेताम्मै भएकी गाला चाउरी परेकी आमा र श्रीमतीको पालनपोषणको जिम्मेवारी मेरै कॉधमा आएको थियो ।घरको मियो अभिभावक ढलेपछी घर शुन्य भयो ।घर बस्न बिरत्त लाग्न थाल्यो नबसेर पनि कहॉ जानु र आमाको मलिन अनुहार र कष्टले घिस्रदै उनका संघर्ष र दुख पीडा छटपटाहटको अगाडी टुलुटुलु हेरेर ऑखा टिलपिल पार्दै ऑशु खसाल्दै निहुँरिएर बस्नुभन्दा रृणले चुर्लुम्म डुबेको म कसरी तिर्ने त्यता तिर सोचिरहेको थिए ।श्रीमती बेला बेलामा कचकच गर्थी झर्कन्थी फलानोको जस्तो सारी चाहियो सुन लाउँनु पर्यो आइफोन बोक्नुपर्यो भन्थी यि सब किनिदिने मेरो क्षमता थिएन ।
जागिरले जसोतसो चुल्हो बाल्न मात्र पुगेको थियो ।कि तपाई जानु कि म बिदेश जान्छु भनेर घुर्की लाउँन लागीसकेकी थिइ । चुपचाप सुनेर बस्नु शिवाय म संग अरू तत्काल केही गर्न सक्ने परिस्थिति थिएन ।म सकेसम्म देशमै केही गर्नुपर्छ बिदेश भनेको त घुम्न पो जाने हो भन्ने सोच भएको मान्छे हो तर आज दोधारमा परेँ के गरौ गरौ फेरी आमाका र श्रीमतीका सुन बैकंमा राखेर रृण निकालेर पसल गर्न लागेँ सुरूमा ठीकठीकै चलेको थियो ।बिस्तारै उधारो नदिए व्यापार हुनै छाड्यो सामान हाल्नै पैसा समेत नभएपछी पसल चलाउन सकिएन यता पनि पॉच छ महिनामा तीन लाख जुवा खेले जस्तै भयो अब देश नछाडे बॉच्ने आधारनै नहुने देखेर बिदेशीने निर्णय गरेँ।

मेरा केही साथीभाई बिदेश गैसकेका थिए।म धेरै तनाबमा थिए कुन देश जाने सोच्न सकेको थिइन । खाडीमा जाउँ कमाई हुदैँन भन्थे त्यस माथी मेरो कुनै सीप पनि थिएन ।अरू देशमा जान राम्रो पढाई थिएन साथीहरू कोरियन भाषा पढेर कोरिया जानु कमाई राम्रो हुन्छ भनेर सल्लाह दिन्थे मेरो लागी कोरियन भाषा पास गर्नु भनेको लोकसेवा आयोग पास गर्नु जत्तिकै कठिन थियो।किनकि म जागीरमा खान थालिसकेको हुनाले पढाईमा लगभग पूर्णबिराम लागिसकेको थियो।
पबिन मिल्ने साथी जापानमा थियो । उसले भन्थ्यो यहॉ आइज कमाई राम्रै हुन्छ ।म पनि रहर र सपना भन्दा पनि बाध्यताको भूमरीमा फसेको कारण नबिदेशिकन सुखै थिेएन।उसैको सल्लाह अनुसार बानेश्वरको एक कन्सल्टेन्सीमा पढ्न जान लागेँ पढ्दै जॉदा शिक्षकहरू महिनाको दुई तीन लाख कमाई हुन्छ परिवार लान पाईन्छ झनै कमाई बढ्छ भनेर मीठा कुरा गर्थे ।मैले पनि जापानमा जाने र टन्न पैसा कमाउँने चाउचाउ मनमा पकाइरहेको थिए ।
सबै डकोमेन्टसहरू तयार गरेर एप्लाई गर्ने काम गरेँ करिब एक महिना पश्चात जापान जाने पक्कापक्की भयो। बॉकी रहेको घरजग्गा राखेर म जापान उडेँ।आएको पॉच महिना सम्म कामै नपाएर बेहाल भयो ।रृण तिर्न त परै जाओस ब्याज तिर्न समेत सक्ने अवस्था थिएन ।बल्लतल्ल एउटा काम पाए हप्ताको पच्चीस घण्टा मात्र हुन्थ्यो ।यसले यहॉ खान,बस्न मात्र ठीक हुन्थ्यो ।नेपालमा भने जस्तो यहॉ नहुने रहेछ। कलेज र होस्टेलको पैसा एक बर्षको तिरेर आएको हुनाले दुई तीन महिनाको पैसा जम्मा गरेर घर पठाउँदा हल्का भएको महसुष हुन्थ्यो ।
आमा र श्रीमती नआत्तिनु त्यता आफ्नो ख्याल गर्नु हाम्रो चिन्ता नगर्नु भन्थे मलाई चॉहि श्रीमती र आमाको चिन्ताले सार्है सताउथ्यो ।हिड्ने अघिल्लो दिन सुधारिएको दुई मुखे चुल्होमा एउटा मुखमा टुपुक्क बसेको कसौडीमा भकभक उम्लीरहेको दालमा लसुन झ्यॉईइइ आएको आवाज र कालो रुँध भएको कराईमा तोरीको तेलमा झान्दा झ्वाईयाया गर्दै पटटटटटट पारेर पकाएको तोरीको साग याद झलीझली यतिबेला आईरहेको छ।
हिड्ने बेलामा मेरी आमाले रातो अक्षता लगाउँदै कसैलाई नराम्रो नहेर्नु,कसैको ऑखा नलागोस्, चिताको सबै कुरा पुगोस्,दैव सधै दाहिना रहुन शत्रु सबै टाढा रहुन भन्दै फररर भनिरहेको मेरी आमाको ऑखामा टिलपिल ऑशु थिए ।यि दृश्य मेरो मनमा अझै ताजै थिए यस्ता आशीर्वाद दिएकी मेरी आमालाई रुवाउँनु हुन्न भन्ने नै थियो।
बिना सघर्ष संसारमा केही कुरा पनि प्राप्त हुदैँन दुखमा नआत्तिनु धैर्य गर्नुपर्दछ।कठिन समय र परिस्थिति बाट जीवन जिउँने र पाठ सिक्ने हो।सुख या दुख अरू कसैले दिने हैन आफ्नै मेहनत र कर्मको फल हो भन्नेर मलाई समयको महत्व कस्तो हुन्छ भनेर जापानले सिकाइसकेको थियो।
यता काम अनुसारको दाम छ त्यहि अनुसारको सेवा सुबिधा जनतालाई दिएको छ र जनताले पनि नेतृत्व र देशलाई असाध्यै माया गर्ने रहेछन ।नेपालमा दश जनाको परिवार एक्लैले पाल्नुपर्छ ।सरकारले काम गर्ने व्यवस्था मिलाए पो काम गर्नु र नेताहरू सबै भ्रष्ट जालीहरू छन ।देश भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको छ।कहॉ बाट देशको उन्नति प्रगति हुनु?
भर्खरै रोशीमा आएको बाढीले दर्जनौ पुलहरू बगाउँदा सबैतिर यातायातको सञ्जाल टुटेका छ। यहिै मौकामा काला बज़ारियाहरूको लुटधन्दा मौलाएको छ । हरेक सामानको दोब्बर मूल्य भयो बाबु आमा भन्नुहुन्थ्यो ।सरकार मौन छ अनुगमन गर्ने निकाय कहॉ छन पत्तो छैन ।यस्तो अबस्था देख्दा देखेर आफ्नै देश सम्झदा पनि उदेक लागेर आउँथ्यो।देशको राजनैतीक कारण म जस्ता लाखौ युवाहरूले देश छाड्नुपरेको हो भन्दै देश चलाउनेहरू प्रति रीस उठ्थ्यो रीसले मात्र पनि के गर्नु र गल्ती हामी जनताले नै गरेका छौ ।
तिनै भ्रष्टलाई चुन्छौ र नतिजा त्यस्तै पाउँछौ र यसैले गर्दा बुढा बाआमा छाडेर बिदेशिनु परेको छ। एक मन भन्थ्यो घर फर्की सधैँ सरकारको मुख ताकेर यो बॉकी जीवन परदेशमै बिताउनु हुन्न भन्थ्यो पैसाको पछी लागेपछी सबै कुरा गुमाउँनु पर्ने रहेछ ।परिवार संगै साथ हुनु नै खुशी हुनु नै हो।सबैले आजै देखी केही गर्न सुरू गर्ने हो भने भोलि देखी सरकारले वातावरण बनाउँन बाध्य हुन्छ सबै रमाउँदै परिवार संग बस्न सकिन्थ्यो।यो मनमा यस्तै कुराहरूले डेरा जमाएका थिए । म कुनै उच्च शिक्षा हासिल गर्न आएको पनि थिईँन बाध्यताले बिदेशिएको थिए । आजकाल रहर र देखावटीले बिदेशिने बढेका छन।
अभाव, ऑशु, दुख, पिडा,बिश्वासघातले नै आज मलाई धेरै बलियो बनाएको छ।अध्यॉरोमा एक्लै बस्न डराउने मलाई आज अध्यॉरो संगै जुध्न सिकाएको छ। समयसंगै परिवर्तन हुन सिकाएको छ। जिन्दगीमा आउने हरेक उत्तारचढाबलाई सजिलै झेल्न सक्ने बनाएको छ।
जिन्दगीलाई अझै नजिकबाट बुझ्ने मौका दिएको छ । यहि नै रहेछ जीवनको सघर्ष भनेको तिम्रो छोरा यो दशैमा संगै हुन पाएन अर्कों दशैमा संगै मनाउँला है आमा पीर नमाने ~~~~~✍️
#रामेछाप, मन्थली हाल जापान