सोमबार, असोज २१, २०८१

प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि लामिछाने निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको दाबी गरेका हुन् ।

उनले लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाई छ। प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए ।

उनले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको बताए । आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लिन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए ।

त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै चुनाव लडेर जित्ने दाबी गरे। उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *