सोमबार, असोज २१, २०८१

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । असोज १८ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने निर्णय गरेको छ । त्यस्तै बैठकले २०७८ साल चैत्र २४ गतेको निर्णयानुसार राष्ट्र बैकका गभर्नरउपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्ष पदमा विराटनगर उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्ने निर्णय गरेको छ भने राजस्व न्यायधीकरण नेपालगन्जको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *