सोमबार, असोज २१, २०८१

विभिन्न विधामा अवार्ड प्रदान गर्दै सकियो विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड

 काठमाडौ । विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ काे ग्रान्ड फिनाले असाेज ६ गते नवदुर्ग पार्टी भेन्यु सुकेधारा काठमाडौमा सम्पन्न भएको छ ।

मन खुसी फाउन्डेसन, करण ड्रिम्स र दुप्चेश्वर म्युजिक प्रा.ली काे आयाेजनामा पहिलो संस्करणकाे रुपमा The World Culture Tamang and Nepali Music Award 2024 काे फिनाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हाे । फिनालेमा बरिस्ठ गायक तथा संगीतकार घमेश दुलाल, नायक धिरेन शाक्य, चर्चित कलाकार बुद्धि तामाङ, गायक एस कुमार, बरिस्ठ अन्तर्राष्ट्रिय समाजसेवी मिङमा दाेर्जी शेर्पा, विश्वविख्यात माेडल तथा ग्लाईडिङ पाईलट आङ तेम्बा शेर्पा लगायतलाई स्रष्टा सम्मान पनि सम्पन्न भएको अध्यक्ष दिनेश तामाङले जानकारी दिएका छन् ।

कार्यक्रम संयाेजक तथा निर्देशक करण तामाङ थियोे भने अध्यक्ष दिनेश तामाङ रहेको छ । अवार्डकाे नाेमिनेशनमा परेकाे मध्ये उत्कृष्ट बाट सर्वाेउत्कृष्ट छानिएर अवार्ड वितरण गरिएको थियोे । नेपाली आधुनिक तथा पप गीत महिला सर्वाेत्कृष्ट गायीकाबाट पुर्णिामा लामा, नव गायिकाबाट सुनिता लामा र सर्वाेत्कृष्ट गायकमा उर्गेन दाेङले अवार्ड हात पारेका थिए । गीतका निर्देशकका रुपमा रेशम कुमार स्याउली तामाङ, उमेश कुमार कार्की ।

देउडा गीत गायिकामा साेभा थापा, म्हेन्दाेमाया गीत गायिकामा फूलमाया तामाङ, गायकमा विश्व पासा तामाङ, नेपाली आधुनिक तथा पप गीत शब्द रचनामा डा.धर्मेन्द्र कुमार शाह, सुवानी तामाङ, तामाङ गीत गायीकाहरुमा लक्ष्मी स्याङ्तान, निर्मला घिसिङ, नव गायिकामा कुमारी माया घलान र गायकहरुमा बैरागी माेक्तान, प्रविन्स माेक्तान, प्रकाश वाईबा, नव गायकमा देवलाल माेक्तान। तामाङ गीत महिला माेडलहरुमा प्रतिज्ञा लामा (धनमाया लामा ), सरस्वती तामाङ र नव माेडलमा प्रमिला आले, तामाङ चलचित्र महिला कलाकारहरुमा अनिता तामाङ नेगी, सिर्जना तामाङ, र नव कलाकारमा सावित्री गिरीले अवार्ड हात पार्न सफल भएका थिए ।

तामाङ गीत गायकमा जनक लामा, कुमार लामा, लाेक दाेहाेरी गीत नव गायकमा बिदुर खड्का, रहेका छन् । यसैगरी काठे तथा लाेक दाेहाेरी गीत नव गायिकामा सर्मिला सत्याल, ललिता भुजेल, र तामाङ गीत नव गायक तथा शब्द रचनाकारमा सुबास ब्लाेन, यसैगरी प्रत्यक्ष दाेहाेरी गायिकामा सुशिला लामा, नविना सिलवाल खुईली, गीतु कुँवर, रिता गुरुङ र गायकहरुमा विकाश घिमिरे, दिल श्रेष्ठ, सराेज सुनार, । काठे लाेक दाेहाेरी गायिकाहरुमा प्रतिमा अर्याल, अर्चना स्याङतान लामा, सावित्री गाैतम, काेपिला वाईबा तामाङ, शुसिला लामा र गायकहरुमा बद्री प्रसाद सिटौला, भिमसेन श्रेष्ठ, भगवान कार्की रहेका छन् ।

नेपाली, तामाङ चलचित्र निर्देशक तथा नायकहरुमा भिम तामाङ, पुर्ण तामाङ नव नायिकामा श्याममाया गुरुङले अवार्ड हात पार्न सफल भएका छन् । आधुनिक तथा पप गीत महिला नव गायिका जुरि अवार्ड मन्जिरा लामा, यसैगरी लाेक तथा दाेहाेरी गीत गायक गायिकाहरुमा प्रिती आले, रजनी लामा, सावित्री केसी, लाेक दाेहाेरी गीतमा माेडलहरुमा सरस्वती भारती गिरि, टेक बहादुर तामाङ । नेपाली सिरेल नव कलाकारहरुमा घन बहादुर कार्की हरि, मेख बहादुर गुरुङ, समाजसेवी उद्घाेषणमा उमेर सिवाकाेटी, इन्द्र बहादुर बिसुन्खे, सबिना केसी, इन्द्रबहादुर विशुंखे । भाषाभाषी तथा चाडपर्वका गीतमा महिला पुरुष सरिता थापा मगर, दिपक तामाङ, इभेन्ट अर्गनाइजरकाे अवार्ड आर एण्ड आर ग्रुप अमेरिका, एन आरडी इन्टरटेन्टमेन, म्हेन्दाेमाया गीत नव माेडलमा दुर ब्रेभ गुरुङ, तामाङ गीतबाट हरिलाल तामाङ र चलचित्र संगीत पत्रकारकाे अवार्ड भिषण दाेङले हात पारेका अध्यक्ष दिनेश तामाङ र निर्देशक करण तामाङले जानकारी गराएका छन् ।

निर्णायक सदस्यहरुमा चर्चित गायक प्रकाश कटुवाल, संगीतकार, गायक एरेन्जर मदन सुफिक्स, कलाकार दावा फिन्जाे तामाङ, राज किङ वाईबा रहेका छन् । कार्यक्रम तामाङ फाउन्डेसन नेपालका अध्यक्ष अरुण घिसिङ, नेपाली काँग्रेस महासमिति सदस्य च्याङा शेर्पा , शान्ति लामा लगायतले शुभकामना दिएका थिए । कार्यक्रमकाे व्यवस्थापनकाे लागि भैरकुण्ड स्प्रिङ वाटरले, क्लाेथिङ ईन नेपाल, टप राजधानी राेधी क्लब ठमेलले साथ दिएको थियोे । कार्यक्रम सभापति दिनेश तामाङ रहेको हाे भने सञ्चालकका रुपमा उद्घाेषक करण तामाङले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *