आइतबार, फागुन १३, २०८०

तीज कोसेली “छदैछ उमेर यो तीजमा नाच्छु म घुमेर” बजारमा

 ललितपुर,२९ असार । नेपाली नारीहरू मुख्य पर्व तीजको अवसर पारेर तीज कोसेली ” छदैछ उमेर यो तीजमा नाच्छु म घुमेर” बजारमा आएको छ ।

गायन अमृत खाती, गायिका पार्वती कार्की र रुपा भुजेलको स्वरमा रहेको उक्त गीत बजारमा आएको हो । नयन सोडारी ‘चिन्तित्’ शब्द तथा संगीत रहेको सो गीतलाई गोरखा चौतरी संगीत प्रालिले बजार व्यवस्थापन गरेको छ भने कलाकारहरू शंकर बीसी, रुबिना अधिकारी, सन्जीव ठकुरि, मुस्कन भुजेलले अभिनय गरेको देखिन्छ । त्यस्तै सम्पादक नबिन घर्ती मगर र क्यामरामा राजेश घिमिरे गरेको छन भने निर्देशन शंकर बीसी गरी हाइलाइट्स नेपाल प्रालीबाट बजारमा आएको छ ।