बुधबार, असोज ०२, २०८१

जापानीलाई ठगी हुनबाट बचाएको भन्दै सरोज भुसाल सम्मानित

जापान । टोकियोको कोमाए स्थीत एक कम्बिनी स्टोरमा कार्यरत सरोज भुसालले जापानीज नागरीकलाई ठगीबाट बचाएको भन्दै जापान प्रहरीले प्रसंसा पत्र सहित सम्मान गरेको छ ।

भुसाल कार्यरत रहेको पसलमा आएका एक जना जापनीज नागरिकलाई ठगि समुहले तपाईको कमप्युटरमा भाइरस पसेको छ यसलाई हटाउनको लागी ५० हजारको कार्ड किन्न लगाएकोले ती जापानीज नागरीक पसलमा गएका थिए । पसलमा गई कार्ड किन्न लाग्दा संका लागेर भुसालले सोधेका थिए र ती जापानीज नागरीककले नचिनेको व्यक्तीले कमप्युटरको भाइसर हटाउन कार्ड किन्न लगाएको बताएका थिए ।

ठगी केस हुन सक्ने भन्दै भुसालले प्रहरीलाई फोन गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा ठगी केस पुष्टी भएको थियो ।
प्रहरी लाई खवर गरेर जापानिज नागरिकलाई  ठुलो धनराशी क्षतीहुनबाट जोगाउँदै, ठगिजन्य अपराधिक क्रियाकलापलाई कम गर्न सहयोग गरेको भन्दै जापान प्रहरीले उनको कामलाई प्रसंसा गर्दै प्रसंसा पत्र सहित संम्मान गरेको हो।