काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबरा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस र एमालेले गठबन्धन गरी शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए । शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड संसदबाट विश्वासको मत पाउन असफल भएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय सीमा तोकेर सरकार बनाउने दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वानपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।
ओलीको पद तथा गोपनीयताको शपथग्रहण सोमबार बिहान ११ बजेका लागि तय भएको छ । यो ओलीको चौथो कार्यकाल हो । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री बनेका उनी २०७८ मा फेरि प्रधानमन्त्री बनेका थिए ।