बिहिबार, बैशाख ११, २०८२

प्रधानमन्त्री नियुक्त नहुँदै सांसदहरुलाई शपथ समारोहमा सहभागी हुन शीतलनिवासको निम्तो

काठमाडौँ । प्रधानमन्त्री नियुक्त नहुँदै राष्ट्रपति कार्यालय शीतलनिवासले प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदहरूलाई निमन्त्रण पठाएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त नहुँदै सोमबार बिहान ११ बजे हुने प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन संसद् सचिवालयमार्फत सांसदहरूलाई निम्तो पठाएको हो ।

नेपाली कांग्रेस–नेकपा एमालेको सहमतिअनुसार राष्ट्रपतिले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्दैछन् ।