बुधबार, माघ ३०, २०८१

‘सिधाकुरा’विरुद्धको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ विरुद्ध अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले मुद्दा बृहत इजलासमा पठाउने आदेश दिएको हो ।

संयुक्त इजलासको आदेशमा यसअघि कान्तिपुर मिडियाविरुद्ध अदालतको अवहेलना मुद्दाको नजीर देखाउँदै बढी न्यायाधीश संलग्न इजलासबाट सुनुवाइ हुनु उपयुक्त हुने आदेश गरेको हो ।

आदेशमा सिधाकुराले प्रसारण गरेको अडियो प्रहरीको विधिविज्ञान प्रयोगशालाको वैज्ञानिक परीक्षणबाट ‘फेक’ देखिएको भन्दै यसबारेमा धेरैजाना न्यायाधीश संलग्न इजलासबाट उपयुक्त आदेश जारी हुनु उपयुक्त भएको इजलासको ठहर छ ।

यस्तो ठहरसहित न्यायाधीशद्वयको इजलासले उक्त मुद्दा पेसी व्यवस्थापन निर्देशन समितिसमक्ष पेस गर्न आदेश दिएको छ । संयुक्त इजलासले अन्य अनुसन्धान र छानबिन भइरहेका विषय पनि पेसीको अघिल्लो दिन अदालतमा पेस गर्न आदेश जारी गरेको छ ।