बुधबार, माघ ३०, २०८१

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रेस चौतारी नेपाल धादिङले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने बताए ।

उनले भने, ‘वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।’

सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको महासचिव पोखलेको भनाइ छ ।