सिन्धुपाल्चोक । जिल्लाको पाँच पोखरी थाङ्पाल गाउँपालिका भोटेनाम्लाङ ७ मा रहेको बाल सुधार आधारभुत विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
पाँचपोरी एकीकृत फर्म प्रा।लिले सहजिकरण गरेको उक्त कार्यक्रममा शुक्रबार लायन्स क्लब अफ काठमाडौं फेलोसिप, लायन्स क्लब अफ न्यु ग्रिनसिटी, लायन्स क्लब अफ इन्टरप्रेनरसिपलगाएतका संस्थाले शैक्षिक सामग्री वितरण गरेको हो ।
बाल सुधार आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग, पानी खाने बोतल, शैक्षिक सामग्री९कापी, पेन्सिल० लगायत सामाग्री वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं फेलोसिपका अध्यक्ष राजेश हिमालयले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेकेल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेबि गुरु लोक नाथ पौडेल,वडाध्यक्ष सुके तामाङ, लायन्स क्लबका सदस्यहरूको