काभ्रे । जिल्लाको खानिखोला गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । सातै वडाका १० किसानलाई बिहिवार ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो ।
भैंसी बितरण कार्यक्रमले जनतामा उत्साह र युवाहरू बिदेश जनाबाट रोकावट हुनका साथै पशुपालन पकट क्षेत्र बनाउन सक्ने उपाध्यक्ष दोर्जेमान जिम्बाको बिश्वास छ । यस्तै, पशु विकास अधिकृत हेमन्त घिमिरेले किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको जानकारी दिए । भैँसीसँगै किसानलाई भैसिको बिमा औषधि समेत वितरण गरिएको उनी बताउँछन्।
अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि १० वटा कृषि फर्म गाउँपालिकामा निवेदन आएका फर्मका लागि भैंसी बितरण गरेको हो ।
भैंसी अनुदानमा पाउने फर्महरु देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा न. ६ देउराली कृषि तथा पशुपंक्षी फर्म, अबिना तितुङ वडा न.६ चौतारा कृषि तथा पशुपंक्षी फर्म नीर बहादुर थिङ वडा न .२ राकेश कृषि तथा पशुपंक्षी फर्म छोरी मायाँ बल वडा न . ५ लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा न . ६ जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा न. २ राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा न . ५ प्रगती कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा न. ४ काजिमान गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा न.६ उकाली ओराली कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा न. ६ पशुपालन फार्म रहेका छन् ।
जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानिखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहने जानकारी दिए ।
कार्यक्रममा वडा न . ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबु), लेखापाल बम काजी शेर्पाली, योजना शाखा प्रमुख तथा वडा न .७ का सचिव मित्र भण्डारी , चण्डीका थापा , पशुप्राविधिकहरु लगाएत कृषकहरुको उपस्थिति रहेको थियो ।।