बुधबार, माघ ३०, २०८१

उपेन्द्र यादव जसपाको अध्यक्षमा निर्विरोध निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

मधेसी जनअधिकार फोरम गठन गरी पार्टी अध्यक्ष बनेका यादव जसपामा आइपुग्दासम्म निरन्तर अध्यक्ष रहँदै आएका छन् । अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने भएको छ ।

जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उमेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।