काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले नेपापाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
बुधबारको प्रनिनिधिसभा बैठकमा सांसद आचार्यले विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा क्यानमा अनियमितता भएको कुरा आएको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।
उनले क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीयमा समावेश नगरेको गुनासो आएको आचार्यले बताए । डाक्टरको कोटामा एक जना महिलाको नाम पठाएको र त्यसलाई आईसीसीले नमानेको उनले बताए । उनले मानव तस्करीको कोसिस गरिएको र प्रधानमन्त्री कार्यालयले रोकेको प्रकरणमा पनि क्यान नेतृत्व जोडिएको आरोप लागेको बताए