पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कसूरमा संलग्न रही फरार रहेका सहकारीका पूर्वअध्यक्ष कास्कीका भरत भट्टराई र सुवास अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ २५ गते वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ कोत्रेबाट पक्राउ गरेको हो ।
प्रहरीले आइतबार उक्त कसूर अभियोग बमोजिम सजायको लागि कास्की जिल्ला अदालत समक्ष पेश गरिएको कास्की प्रहरीले जानकारी दियो ।