बुधबार, माघ ३०, २०८१

गाेकर्णेश्वर महाेत्सवकाे राैनकता थपिदै,अवलाेकनकर्ताकाे उल्लेख्य भिड

मायालु दाेङ तामाङ, काठमाडौं । गाेकर्णेश्वर नगरपालिका वडा नं. ४ हनुमानचाेकमा `गाेकर्णेश्वर महोत्सव´जारी छ ।

गत जेठ १८ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवको आज दशाै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेकाे छ ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयाेजनामा सुरू भएको महाेत्सवलाई संघिय सांसद तथा अर्थ समितिका सभापति  सन्तोष चालिसेले उद्घघाटन गरेका थिए । औद्योगिक, कृषि ,पर्यटन , साँस्कृतिक तथा व्यापार महाेत्सवका रूपमा आयाेजित महाेत्सवमा कलाकारहरूकाे आगमन र अवलोकनकर्ताको उत्साहजनक सहभागीताले दिनप्रतिदिन रौनकता थपिदै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

मेला अवलाेकनका लागि दैनिक ७ हजार देखि १५ हजारसम्मकाे सहभागीता भएकाे बताउँदै अध्यक्ष महतले आगामी असार १ अर्थात मेला समापनकाे दिनसम्म करिब २ लाखकाे आगमन हुने अनुमान गरिएको बताए । याे महोत्सव मात्र नभएर गाेकर्णलालाई चिनाउने एउटा ब्रम्हास्त्र भएकाले सबैको सहयोग, सुभेक्षा, माया तथा साथ काँधमा काँध लिएर अगाडि बढ्नुपर्ने उनकाे साेच छ ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटो मोवाइल, विद्युतीय मेसिन कृषि औजार, मोवाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रर्दशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुति रहेकाे छ।

मनाेरञ्जनका लागि महोत्सवमा रोटेपिङ्ग,ब्रेक डान्स,रेल, मस्ति मारूति सर्कस, एसियाकै उत्कृष्ट बाल उद्यान, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक र मनोरञ्जनात्मक प्रस्तुति रहेको छ ।

महोत्सवमा अवलोकनकर्ता दिनप्रतिदिन उत्साहित हुँदै आएकाले अर्थतन्त्र उत्थान, यस क्षेत्रकाे कृषि , पर्यटन , साँस्कृतिक तथा व्यापार प्रबर्द्धनमा टेवा पुग्ने आयाेजककाे विश्वास छ ।