काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलले सरकारविरुद्ध दायर गरेको रिट पूर्ण सुनुवाइका लागि यही जेठ २९ गतेको पेसी तोकिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी जेठ २९ गतेको पेसी तोक्न आदेश दिएका हुन् ।
एनसेल आजियाटाका तर्फबाट रमेश घिमिरेले आफूमाथि अनावश्यक कर निर्धारण गर्न खोजेको भनी रिट दायर गरेका थिए । रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो ।