काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
कांग्रेसहितको अघिल्लो गठबन्धन सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ताको सूचीमा परेका छन् ।