बुधबार, माघ ३०, २०८१

ग्याबा तामाङ उत्थान संघको दोस्रो राष्ट्रिय सम्मेलनका सहयोगीलाई `धन्यवाद तथा सम्मान कार्यक्रम´

काठमाडौं । ग्याबा तामाङ उत्थान संघको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन सफल बनाउन आर्थिक तथा विविध सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन तथा सम्मान  कार्यक्रम हुने भएको  छ ।

बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर छ नागेश्वर गल्लीस्थित सेकुवा जक्सनमा एक कार्यक्रम आयाेजना गरि संघकाे दाेस्रो राष्ट्रिय सम्मेलनका सहयोगीलाई धन्यवाद तथा प्रशंसा पत्र वितरण गर्न लागिएको संघका सचिव विकास ग्याबा तामाझले जानकारी दिए । साथै, कार्यसमितिमा अधिवेशनबाट छुटेकालाई केन्द्रीय सदस्यमा जोड्ने हुँदा केन्द्रिय सदस्यमा रहने दाजुभाई दिदीबहिनीहरुलाई पनि सहभागिताको लागि सचिव ग्याबाले अनुरोध गरेका छन् ।

यस्तै, कार्यक्रममा कला प्रस्तुती दिनुभएका कलाकार, समाचार सम्प्रेषण गरिदिनुभएका संचारकर्मी, संस्थाका शुभचिन्तक, पदाधिकारी लगायतलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ।

गत हप्ता सम्पन्न संघकाे दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा काजीमान ग्याबा तामाङ, वरिष्ठ उपाध्यक्षत्रय रामकाजी ग्याबा तामाङ, तारा ग्याबा तामाङ र विक्रम ग्याबा तामाङ निर्वाचित भएका थिए । त्यस्तै, महासचिव महेश ग्याबा तामाङ, सचिवहरू उत्तम ग्याबा तामाङ, विकास ग्याबा तामाङ, शोभा ग्याबा तामाङ, कोषाध्यक्ष रमेश ग्याबा तामाङ र सह–कोषाध्यक्ष वीरेन्द्र ग्याबा तामाङ रहेका छन् ।

सदस्यहरू धनबहादुर ग्याबा तामाङ, अनिल ग्याबा तामाङ, तुलबहादुर ग्याबा तामाङ, कालेबहादुर ग्याबा तामाङ, बुद्धबहादुर ग्याबा तामाङ, मदन ग्याबा तामाङ, अङ्कबहादुर ग्याबा तामाङ, कुमार ग्याबा तामाङ, सरोज ग्याबा तामाङ, रबी ग्याबा तामाङ, दलबहादुर ग्याबा तामाङ, ज्ञानकुमार ग्याबा तामाङ, ओमराज ग्याबा तामाङ, राजु ग्याबा तामाङ, उमा ग्याबा तामाङ, लालबहादुर ग्याबा तामाङ, बुद्धिमान ग्याबा तामाङ, मिरा ग्याबा तामाङ, गङ्गाबहादुर ग्याबा तामाङ, प्रेम ग्याबा तामाङ, उत्तम ग्याबा तामाङ र गीता माया ग्याबा तामाङ रहेका छन् ।