जापान । अर्घाखाँची समाज जापानले अर्घाखाचीको भुमिकास्थान नगरपालिका आगलागी पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
गत चैत्र र वैशाखमा नगरपालिका भित्र रहेका धारापानी ,ढाकाबाङ्ग,असुरकोट र ढिकुरामा आगलागीबाट ३७ घरपरिवारको घर र गोठ जलेको थियो । ती आगलागी पिडितका परीवारलाई राहत स्वरुप चामल, ब्लाङकेट, चिनी, तेल, साबुन हस्तान्तरण गरिएको हो ।विदेशमा बसेर पनि आफ्नै जन्मभुमी क्षेत्रमा आगलागीबाट घरगोठ गुमाएका परिवारलाई केहि भएपनि राहत होस भन्ने उद्देश्यले जापानमा रहेका अर्घाखांचेलीहरुले आर्थिक संकलन गरेर राहत प्रदान गरेको अर्घाखाँची समाज जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो ।
राहत सामाग्री वडा स्तरको डाटा संकलन गरि प्रदान गरिएको समाजका महासचिव अर्जुन आचार्यले बताउनुभयो ।
जापानमा रहेका ८९ जना अर्घाखाचीबासी बाट रकम संकलन गरी रु २ लाख १० हजार १ सय ३८ नेपाल पठाईएको समाजका कोषाध्याक्ष निरन्जन खड्काले जानकारी दिनुभयो ।
राहात भुमिकास्थान नगरपालिकाको वडा नम्बर ३ र ४ धारापानीका २२ ,वडा नम्बर १ ढाकाबाङ्ग १ जना ,वडा नम्बर ५ असुरकोटमा ४,वडा नम्बर ७ कमलपोखरी ३,वडा नम्बर ९ ढिकुरा ७ गरि ३७ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको थियो ।
राहत वितरणमा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनाल, ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे,५का वडा अध्यक्ष जयगोपाल श्रेष्ठ,७ का वडा अध्यक्ष रामचन्द्र ढ्ङ्गाना र ९ का वडा अध्यक्ष खेमराज चुदाली लगायतका जनप्रतिनिधीको सहभागीता रहेको थियो ।
यस्तै राहत वितरणमा समाजसेवी चुरा बहादुर घम,टेकराज पुनले पनि समन्वय गरी हस्तान्तरण गरिएको हो।