काठमाडौं । बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई बलातकार मुद्दामा दोषी ठहर गरेको हो ।
श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । गिरी अहिले थुनामा रहेका छन् ।