काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
आइतबार दिउँसो उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेविसंघ काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो ।
उनीहरुले ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ,’ ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो ।