मिरा राजभण्डारी ।
भर्खर सुने अझै पनि पश्चिम नेपालको खास स्थानमा स्कूल
छ तर पढ्न मन नगरने टेस्ट मा ० आए ३२ दिनु पर्ने रे १ आए ३३ दिनु पर्ने ! एसएल्सीमा गुरु आँफैले चिट बनाइ दिनु – पर्ने खुल्लम खुल्ला चोर्न दिनु पर्ने ! काठमाडौंमा नक्कली सर्टीफिकेट लिएर जागिर खाने पनि टन्नै छन र हुबहु एसएलसी लगायतका सर्टिफिकेट देखाको केही बर्ष अगाडिको घटना पनि ताजै छ – बिकासको मुल शिक्षा हो, शिक्षा नै गतिलो न भएसी केको बिकास नि? – हाम्रो पत्रकारिताले यो माफिया तन्त्र नदेखेको हो कि देखेर पनि नलेखेको हो ? लागेको कुरा नि है ?
जब हामी स्कूल पढ्थ्यौ त्यो बेला फिल्मफेर स्टार्डस्ट लगायेतका फिल्मी पत्रीका खुब पाइने – केही साथी हरु हुरुक्कै फिल्म र स्टारका फ्यान को हिरोइनको को बोइफ्रेन्ड? को सँग ब्रेक भयो कोसँग दिवोर्स भयो जस्ता कथा वाचन गर्दै बस्ने, कपालमा चास्नी दलेर पन्क बनाउनु परो कि,सुरुवालको कट हिपहप अनि फ्रक छोटो न छोटो पार्नु पर्यो – त्यो सब टेक्निकमा समये जाने स्कूल आउदा टुरिष्ट जस्तो दुई दिन आए चार दिन गाएब – होम वर्क गर्न नसक्ने, कैले मामा घर गये कैले घरमा श्राद्ध त्यस्तै थियो, अनी गुरुहरु पनि त्यस्ता विद्यार्थी देखी काएल सोधी खोजी नगर्ने – बिन्दास थिए तिनका जिबन ऐले देख्छु जिबनमा आफ्नो पहिचान नाम बनाउन नसकेका र सधैं असन्तोष र अरुका बारेमा कुरा गर्दै फुर्सद नहुने – जिबन त्यस्तै हो जस्तो आफ्नो छनोट – आज जे छ जस्तो छ हिजो गरेको आफ्नो कर्म हो, त्यसरी बुझे जिबनमा असन्तोष हुँदैन – देश को नागरिक कस्तो बनाउने हो देश सँग त्यस्तै निती हुनु पर्यो निती अनुसार कार्यान्वएन गर्न योजना हुनु पर्यो योजना पुरा हुन बजेट हुनु पर्यो र सबै भएर पनि केही गर्ने चाह मन मा नभये सम्म र जागरन मुखी अभियान राज्यले स्थानिये नागरिकको भावना, बिबेकशिलता, सोच्न सक्ने छ्यमता अनुसार नभै चलाऊन सकेन भने कुनै पनि उद्देस्य पुरा हुन गार्हो छ र हुन्छ । एक पटक कर्णाली तिरका एक पत्रकार साथीलाई खाना खान र कर्णाली तिरको इस्यु उहांको मुख बाट सुन्न निम्तो गरे – बिशेष महिला बिकासको अवस्था बुझ्ने मेरो मनसाये थियो तर उहाँले एक नेता महासया पनि लिएर आउनु भो अब आफ्नो योजना अनुसार कुरा गर्नु भन्दा उनैका भजन सुन्दै समये गयो भोली पल्ट मित्र महोदय आफ्नो गृह जिल्ला बिहानै हिंड्नु भो आफ्नो उद्देस्य त बेपत्ता 😂 । यो आलोचना होइन हाम्रो व्यबहार हो, जसका बारे हामीले आफ्नो आलोचना आँफैले खुलेर गर्नु पर्छ जस्तो लाग्छ – तात्कालिन राजा – महाराज सवारी हुने हेलम्बुतिर समेत नेपालमा बहुल्बादी लोकतन्त्र ल्याएको येतिका बर्ष भो ऐले सम्म बाटो पिच छैन त्यो बारे आवाज किन उठ्दैन ? के त्यहा हाम्रो पत्रकारिता नभाको हो ? यो येस्ता प्रश्न हरु हजारौं होलान जसलाई हाम्रो पत्रकारिता ले उठान गर्नै पर्छ – येदि विद्यार्थी ले कापी मा केही लेख्दैन भने उसलाई ३२ किन दिने फेल किन नगर्ने भनेर प्रश्न उठाउने अधिकार ककसको हो ? केन्द्र सम्म रिपोर्ट पठाउने स्कूल को कि त्यहाको पत्रकारिता को ?
कि शिक्षाध्यछ्य सिडियो साब साबनि को ?
बिकासको आधार शिक्षा र संचार र राज्यको दायित्व पत्रकारिता गर्नै पर्ने आधारभुत कार्य : फरक प्रसँग फरक बिचार आजलाई येति मात्र।