ललितपुर । ललितपुरको महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबारदेखि शौचालय सञ्चालनमा ल्याइएको हो ।
ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी शौचालय बनाएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् । शौचालय आपांगमैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री बनेको छ ।