काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउदै सत्ता समीकरण परिवर्तन पनि विदेशीको दवाव र प्रभावका कारण भएको बताएका हुन् । अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए ।
लिङ्देनले चुनावमा गठबन्धन गर्ने बिषयमा पनि विदेशीको दवाव आउने गरेको दाबी गरे । मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारवाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे । उनले राजनीति दलका नेताहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिए ।