काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले एक एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।
नियोनी एडुकेसन प्रालि नामको फेसबुकबाट जापानमा रहेको इन्टरनेशनल युनिभर्सिटी हेल्थ एण्ड वेलफेयरले विद्यार्थी माग गरेको भन्ने विज्ञापन थियो। प्रहरीको अनुसन्धानबाट नारायणबहादुर भनिएका व्यक्ति राजन श्रेष्ठ र पर्वराज भनिएका व्यक्ति झापाका ईश्वरी पाण्डे रहेको खुल्यो। नारायणबहादुर र पर्वराजको हराएको नागरिकता उनीहरूले फेला पारेका थिए।