बिहिबार, मङि्सर २०, २०८१

आपूर्ति व्यवस्थापनका लागि सक्रिय कोष सञ्चालन गर्ने मन्त्रालयकाे तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सक्रिय कोष ल्याउने तयारी गरेको छ ।

केही महिनादेखि भारतले चिनी र चामलमा रोक लगाएसँगै नेपाली बजारमा चोरीबाट ती वस्तु आउन थालेपछि सक्रिय कोषमार्फत आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको हो । कोषमा दुई अर्ब रुपियाँ रहने र सोही कोषमार्फत अत्यावश्यक वस्तुको आपूर्ति गरिने तयारी भइरहेको छ ।

मन्त्रालय आपूर्ति महाशाखा प्रमुख एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले चामल र चिनीको आपूर्ति व्यवस्थापनलाई सहज गराउन सक्रिय कोष स्थापना गर्ने तयारी गरेको जानकारी दिए । कोषमा दुई अर्ब रुपियाँ रहने र सोही कोषमार्फत अत्यावश्यक वस्तुको आपूर्ति गरिने उनले जानकारी दिए ।