बिहिबार, फागुन ०१, २०८१

इलाम-२ मा एमालेका सुहाङ ६,४३९ मतले अगाडि, १२ वटा वडाको मत गन्न बाँकी

विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा एमालेले १९,११४ मत पाएको छ ।

कांग्रेसले १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ । पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् ।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।