पत्रकारिता भन्ने बितिकै नेपाली समाजमा सुचनाको सम्प्रेशन गरी आम मानिसलाई सुसूचित गर्ने भन्ने बुझिन्छ तर पत्रकारितालाई यतिले सम्बोधन गरेर मात्र हुन्न । हामिले सुने, बुझे र गरेको पत्रकारिता र आम मानिसले बुझ्ने पत्रकारिता निकै फरक छ । एउटा पत्रकारले जहाँ ,जहिले जस्तो ठाउँ रहेर गर्ने पत्रकारिता एउटै हो भन्दा फरक नपर्ला ! पत्रकारिता त्यही हो जस्ले सत्य, तथ्य र बिश्वासनिय सुचना दिन्छ । एउटा क्यामरा भिरेर मात्र पत्रकार भैदैन जो पत्रकार हो उस्ले घाम , पानी र चट्टान सहेर पनि आम संचार दिनु उस्को कर्तब्य हो ।
पत्रकारलाई राज्यले चौथों अंगको रूपमा पनी लिएको छ ।
यस अर्थमा राज्यको चौथो अंग पत्रकारीता गर्नेले सतिज अनि मार्मिक तथ्यपूर्ण घटना र विचार विश्लेषण गरी आम मानिसले बुझने गरी सूचना प्रवाह गर्न ज़रूरी देखिन्छ ।
आज भोली नेपाली पत्रकारितालाई आम मानिसले हेर्ने दृष्टिकोण बिगतको तुलनामा हेर्दा निकै तुच्छ स्वाभाबको छ यस्लाई परिमार्जित गरी सही दृष्टिकोणबाट हेर्ने बनाउनु हाम्रो पनि कार्य बिस्वासनिय र पक्षपाती हुन जरुरी छ । पछिल्लो समय नेपाली पत्रकारितामा केहि बिस्वासनिय घटेता पनि पक्षपात भने निकै मोउलाएको छ भन्दा कसैको दुइ मत नहोला । चाहे मातृभुमी नेपाल मै बसेर गरेको पत्रकारिता होस वा परदेशमा कुल्ली गर्दै गरेको नेपाली पत्रकारिता किन नहोस हातको औंलामा गन्न सक्ने बाहेक धेरै मिडिया हाउस वा संचार माध्यमहरु पक्षपाती नै छन भन्दा केहि मिडिया हाउसलाई नपच्ला तर सत्य र नेपाली समाजले बुझेको कुरा यही हो । चाहे ठुलो वा साना संचार हाउस किन नहुन आम जनतालाई सुचना दिनु भन्दा कसरी ब्यबसाय बढाउने र आफ्नो पक्षलाई कसरी खुशी पार्ने भन्नि मै समय बित्छ तर यस कुरालाई एक हिसाबले हेर्दा नेपाली पत्रकारिता ब्यबसायिक तिर फर्को मारेको बुझिएता पनि आम संचारको ब्यबसायिक पत्रकारिता भन्दा निकै नै फरक छ । एउटा मिडिया हाउस आम मानिसको हुनलाई देशको सार्वाभौम सत्ता, राष्ट्रीय अखण्डताको अधीनमा रहि सबै जातजाती र धर्मलाई सम्मान गरेर गरिने पत्रकारिताले मात्र दिगो र आम सन्चारको मिसन पत्रकारिता सहितको ब्यबसायिक फर्को मार्न सक्छ नत्र भ्यागुतो जती उफ़्रे पनि भइको भुई भन्य झाइ नेपाली पत्रकारीतले प्रगति हैन दुर्गतिको सामना गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
हामी परदेशको भूमिमा बसेर नेपाली पत्रकारीता गरेता पनी आख़िर त्यो सबै नेपाली समुदायलाई सुसूचित गर्नु नै मुख्य लक्ष्य हो । घरदेश र परदेशमा गरिने नेपाली पत्रकारिता एउटै भएता पनि परदेश गरिने पत्रकारिता अलि फरक छ । परदेशमा आफ़नो डिउटि,व्यवसायी वा अध्ययन सकेर पत्रकारिता गरेको हुन्छ विदेशमा पत्रकारिता नै गर्छु भनेर कोही आको छैन । हामी सबै नेपाली परदेश छिर्नु भनेको पैसा कमाउन नै हो भन्द फ़रक नपर्ला । पत्रकारिता नै गर्ने भा नेपाल बसेर गर्थ्यो होला ।
पत्रकारिताको ईतिहास
विश्वमा १६ औ शताब्दीमा पत्रकारिताको सुरुवात भएको मानिन्छ । अमेरिकामा १६९० मा पब्लिक अकुरेंस ९ जन घटना ०सर्वप्रथम बोस्टनबाट निकालिएको पत्रिका नै पहिलो भएको मानिन्छ । नेपालमा भने पत्रपत्रिकाको इतिहास साहित्यिक पत्रपत्रिकाको प्रकाशनबाट भएको पाइन्छ ।
विसं१९५५ मा नेपालबाटै प्रकाशित सुधा सागरलाई नेपालको पहिलो पत्रिकाको रुपमा मानिन्छ तर पनि युवाकवि मोतिराम भट्टको सकृयतामा विसं १९४८ मा भारतको वनारसबाट प्रकाशित गोर्खा भारत जीवन पहिलो नेपाली भाषाको पत्रिकाको रुपमा पनि लिने गरिएको छ । त्यसैले युवाकविको रुपमा परिचित मोतिराम भट्टलाई नेपालको पहिलो पत्रकारको रुपमा समेत चिन्ने गरिन्छ ।
सुरुमा परापूर्वकालमा राजाको उर्दी सुनाउने, झ्याली पिट्ने, तोप पड्काउने, शंख फुक्ने, बिगुल फुक्ने, सवाई गाउने विभिन्न प्रकारका चिठीपत्र आदानप्रदान,गीतसंगीत, मेला,बोली, नाटक आदि नेपाली पत्रकारिताका ऐतिहासिक सञ्चारमाध्यम हुन् ।
विसं १९३८ सालमा नेपालमा हुलाक सेवा सुरु भएपछि हुलाकमार्फत चिठीपत्रको ओसारपासार सजिलो हुन थाल्यो । नेपालका सबै क्षेत्रमा हुलाक सेवा उपलब्ध भए पनि त्यो पनि प्रभावकारी हुन सकेन । त्यसपछिको सञ्चारमाध्यम २०२४ सालमा टेलिफोन सेवाको सुरुवात भएको पाइन्छ ।
नेपालमा छापाखानाले २०औं शताब्दीमा मात्र प्रवेश गरेको पाइन्छ । तर विश्वमा भने १५औं शताब्दीमा छापाखानाको आविष्कार भएको इतिहासको पानामा उल्लेख छ । विसं १९०८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले बेलायत भ्रमणबाट साथमा एउटा फलामे छापाखाना ल्याएका थिए । छापाखानाको माथिल्लो भागमा गिद्दको झैं पखेटा फिँजिएकोले त्यसलाई गिद्दे प्रेस भनेको पाइन्छ । थापाथलीमा राखिएको यस प्रेसलाई टाइप छापाखाना भनिन्थ्यो ।
१९९२ मा राष्ट्रिय संचार नीती बनेको थियो ।
२०४६ सालदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा पत्रकारिता जगतले ठूलो फड्को मारेको छ । पछिल्लो समय छापा तथा विद्युतीय माध्यमको बढ्दो लगानीले पत्रकारिता व्यावसायिकतातर्फ उन्मुख भएको पाइन्छ । नेपालमा विद्युतीय सञ्चारमाध्यमतर्फ पनि निकै अगाडि गएको देखिन्छ । प्रजातन्त्र पुनस्र्थापनापछि मुलुकमा रेडियो, टेलिभिजन, चलचित्रजस्ता विद्युतीय सञ्चारमायममा व्यापक विकास भएको छ । यसैगरी २०५२ सालमा राष्ट्रिय प्रसारण नियमावली आएपछि निजी क्षेत्रले पनि रेडियो खोल्न पाउने भएपछि नेपाली पत्रकारिताले ठूलै फड्को मारेको पाइन्छ । त्यसपछि नेपालमा पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ थोप्लो ४ मेगाहर्ज २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले स्थापना गर्यो, जुन काठमाडौं उपत्यकामा रहेको थियो । २००७ सालको जहानियाँ राणा शासनपछि मुलुकमा प्रजातन्त्रको स्थापनासँगै २००७ साल फागुन ८ गते स्व सिद्धिचरण श्रेष्ठको सम्पादनमा ‘आवाज दैनिक’ पत्रिका प्रकाशन भएको पाइन्छ ।
पत्रकारले दिएको सहि सुचना मार्फत जनताहरुले बिभिन्न खबरहरु थाहा पाइरहेका हुन्छन् । कुनै एउटा सञ्चार माध्यम १ मिनेट बन्द हुदा कति नागरिक सुचनाबाट बञ्चित हुन्छन् भन्ने कुराको त्यति महत्व राख्दैन कुनै पक्षले । लैँगिक बिभेद नभएको शब्द “पत्रकार” अनि “पत्रकारीता”यो आफैमा महत्वपुर्ण र सत्य तथ्यपरक हुन्छ । तर त्यही पेशा र शब्दले चिरपरिचित ब्यक्तिलाइ हेर्ने दृष्टिकोणमा किन अधिक भिन्नता हुन्छ ।जुनसुकै सकारात्मक वा समाजमा भएका बिकृति र बिसँगतिको आवाज बोल्छ अनि लेख्छ पत्रकार ।
अन्त्यमा नेपालमा नेपाली पत्रकारिताले केही फड्को त मारेको हो । तर सञ्चारमाध्यममा कुनै समूहको प्रभावमा रहेका कारण नेपाली पत्रकारिता आम मानिसको विश्वास घुम्दै गएके छ ।